प्राथमिकताक्रम निर्धारण गर्ने सम्बन्धी सूचना ।

Body

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशको देहायका बढुवा सूचना नं., सेवा, समूह, तहको रिक्त पदहरूमा बढुवा समितिको सचिवालयको च.नं. २१३, मिति २०८१।०२।३० र च.नं. २२१, मिति २०८१।०३।०२ गतेको बढुवा नियुक्ति तथा पदस्थापन सम्बन्धी पत्रानुसार बढुवा सिफारिस हुनुभएका उम्मेदवारहरूले आफू सिफारिस हुन चाहेको स्थानीय तहको प्राथमिकताक्रम निर्धारण गरी यसैसाथ संलग्न निवेदनबमोजिम सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयको इमेल ocmcm.admin@bagamati.gov.np मा पठाउनु हुन अनुरोध छ। उम्मेदवारको योग्यताक्रम निर्धारण गर्दा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन तथा कार्यक्षमता मूल्याङ्कनका लागि सिफारिस क्रमानुसार क्रमशः कायम हुनेछ । सबै उम्मेदवारहरूले सूचनाको म्याद अगावै प्राथमिकता निर्धारण गरी निवेदन पेश गरेमा बढुवा नियुक्ति एवम् पदस्थापनका लागि सम्बन्धित स्थानीय तहमा सिफारिस गरी पठाउन सकिनेछ। प्राथमिकता निर्धारण गरी निवेदन पेश नगर्ने उम्मेदवारको हकमा प्राथमिकता निर्धारण भई बाँकी रहेको स्थानीय तहमा सिफारिस गरी पठाइने व्यहोरा समेत निर्देशानुसार अनुरोध छ।

देहायः

१. बढुवा सूचना नं. ६६/०७९-८० (ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन), स्थानीय कृषि/एगृ. इको. एण्ड 
मार्केटिङ, कृषि अर्थ विज्ञ/सातौं

२. बढुवा सूचना नं. ७२/०७९-८० (कार्यक्षमता मूल्याङ्कन), स्थानीय कृषि/कृषि, कृषि अधिकृत सातौँ

दस्तावेज
Attachment Size
CamScanner 06-18-2024 17.37.pdf 552.79 KB