बैठक तथा प्रशासन महाशाखा

  • प्रदेश सरकारको कार्य विभाजन नियमावली र कार्यसम्पादन नियमावली सम्बन्धी कार्य,
  • मन्त्रिपरिषदमा पेश गर्ने प्रस्ताव सम्बन्धी कार्य,
  • मन्त्रिपरिषदको बैठकको बैठक व्यवस्थापन गर्ने/गर्न लगाउने,
  • प्रदेश सरकार (मन्त्रिपरिषद्) को निर्णय कार्यान्वयन र अनुगमन गर्ने, मूल्यांकन सम्बन्धी कार्य,
  • विद्युतीय शासन सम्बन्धी नीति, कानून, योजना, कार्यक्रम तथा प्रणालीको विकास, प्रवर्द्धन एवं समन्वय सम्बन्धी कार्य गर्ने,
  • प्रदेश निजामती किताबखाना सम्बन्धी कार्य,
  • प्रदेशका सरकारी निकायहरूको सङ्गठन सर्वेक्षण तथा दरबन्दीको व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
  • प्रदेशका निकायहरूको व्यवस्थापन परीक्षण तथा सोको कार्यान्वयन सम्बन्धी कार्य गर्ने,
  • प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासन सम्बन्धी कार्य,
  • प्रदेश सचिव बैठक व्यवस्थापन सम्बन्धी कार्य,
  • उपाधि, सम्मान तथा विभूषण सम्बन्धी कार्य,
  • आर्थिक प्रशासन तथा आन्तरिक प्रशासन सम्बन्धी कार्य,
  • प्रदेश सरकार अन्तर मन्त्रालय समन्वय सम्बन्धी कार्य,
  • अन्य महाशाखाको कर्यविवरणमा नपरेका कार्यहरू गर्ने गराउने,
  • दुई वा दुईभन्दा बढी मन्त्रालयहरू बीच कुनै मतभेद उत्पन्न भएमा निर्णय निकासाका लागि पेश गर्ने,

प्रशासन तथा बैठक शाखा

  • प्रदेशको कर्मचारी प्रशासन (सरुवा, बढुवा, विभागीय कारबाही, अवकाश) सम्बन्धी कार्य गर्ने,
  • अतिरिक्त समूहका कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी कार्य,
  • मन्त्रालयमा कार्यरत कर्मचारीको व्यक्तिगत विवरण, बिदा, कार्य सम्पादन मूल्याङ्कन र हाजिरी व्यवस्थापन गर्ने,
  • मन्त्रालयमा दरबन्दीमा रहेका सहायकस्तरका कर्मचारीहरूलाई शाखा तोक्ने, पदस्थापन सम्बन्धी कार्य गर्ने,
  • मन्त्रालयका सबै शाखाहरूबाट माग हुने सामग्रीको माग फाराम स्वीकृती तथा व्यवस्थापन गर्ने, गराउने,
  • मन्त्रालयको दर्ता चलानी, हेल्प-डेस्क, टेलिफोन, फोटोकपी, इत्यादि सुचारु रूपले सञ्चालन गर्ने,गराउने,
  • विभिन्न निकायहरूबाट प्राप्त उजुरी जन-गुनासोको व्यवस्थापन गर्ने, गराउने,
  • मातहतका कर्मचारीहरूको सुपरिवेक्षक र पुनरावलोकन कर्ता भई काम गर्ने गराउने।
  • शाखाको वार्षिक कार्यक्रम तथा कार्ययोजना तयार गर्ने, गराउने
  • अन्तर शाखा समन्वय गर्ने¸गराउने।
  • अन्य शाखाको कार्यविवरणमा नपरेका कार्यहरु गर्ने
  • मन्त्रालयमा दर्ता भएका मन्त्रिपरिषद् प्रस्ताव सम्बन्धी कार्य,
  • मन्त्रिपरिषद्को कार्यसूची तयार गरी पेश गर्ने,
  • मन्त्रिपरिषद्को बैठकको अभिलेख सम्बन्धी कार्य,
  • मन्त्रिपरिषद्को बैठकको कार्यसूची तयार गरी पेश गर्ने,
  • मन्त्रालयका सवारी साधनको व्यवस्थापन तथा मर्मत संभार लगायतका कार्य गर्ने
  • जिन्सी सम्बन्धी कार्य गर्ने, मन्त्रालयमा रहेका मेशिनरी औजार तथा सरसामानको व्यवस्थापन मर्मत संभार र लिलाम सम्बन्धी कार्य गर्ने,
  • मन्त्रालयको खरिद इकाइको रुपमा कार्य गर्ने,
  • कर्मचारीहरुको नियुक्ति, सरुवा, पदस्थापन, विभागीय सजाय, अवकास, तथा अवकास सम्बन्धी कार्य,
  • मातहतका कर्मचारीहरूको सुपरिवेक्षण कार्य गर्ने,
  • मन्त्रालय र निकायहरुको कार्यसम्पादन मुल्याकंन गरी अभिलेख अद्यावधिक गर्ने, गराउने,
  • बढुवा समिति सम्बन्धी कार्यको अभिलेख राख्ने,
  • मन्त्रालयमा कार्यरत कर्मचारीको व्यक्तिगत विवरण, बिदा, हाजिरी व्यवस्थापन सम्बन्धी कार्य,
  • अतिरिक्त समुहका कर्मचारीहरुको व्यवस्थापन सम्बन्धी कार्य,
  • मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको नागरिक लगानी कोष, सञ्चयकोष, सावधिक बीमा कोष सम्बन्धी सिफारिस गरी अभिलेख अद्यावधिक गर्ने।
  • मन्त्रिपरिषद् बैठकको हाजिरी तयार गर्ने,
  • कार्यसूची अनुरुपका प्रस्तावहरुलाई क्रमबद्ध ढंगले फाईलिङ् गर्न लगाई राख्ने,
  • मन्त्रिपरिषद्को निर्णयको प्रमाणीकरण गराउने,
  • प्रमाणिकरण भएका निर्णयहरु कार्यान्वयनको लागि लेखि पठाउने/मन्त्रालयको वेवसाईटमा प्रकाशन गर्ने/गराउने,
  • कार्यालयको जिन्सी व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
  • मन्त्रालयका पदाधिकारीहरुको सचिवालय व्यवस्थापनमा समन्वय गर्ने,
  • मन्त्रालयले आयोजना गर्ने बैठक, सभा, समारोह व्यवस्थापन सम्बन्धी कार्य,
  • मन्त्रालयको दर्ता चलानी, हेल्प-डेस्क,फोटोकपी इत्यादि सुचारु रूपले संचालन गर्ने,
  • मन्त्रालयको भौतिक संरचना सवारी साधनहरूको संरक्षण¸ खानेपानी¸ विद्युत, टेलिफोन सञ्चालन तथा सुरक्षा सम्बन्धी आवश्यक कार्य गर्ने,
  • मन्त्रालयमा दैनिक रुपमा प्राप्त हुने चिठी पत्रहरू दर्ता, चलानी फाइलिङ गरी सम्बन्धित शाखाहरूमा कार्यान्वयनको लागि पुर्याई भण्डारण गर्ने,
  • शाखाहरुको काम कारबाहीको अभिलेख व्यवस्थापन सम्बन्धी कार्य गर्ने,

आर्थिक प्रशासन शाखा

  • विनियोजन, राजस्व, धरौटी र विविध एवम् कार्यसञ्चालन कोष सञ्चालन भए सो सँग सम्बन्धीत आफू समक्ष प्राप्त लेखा (बिल, भरपाई, भौचर र सम्बन्धीत कागजातहरू) जाँच गरी पेश गर्ने
  • मन्त्रालयको निकासा तथा मातहतका निकायहरूलाई दिने अख्तियारी सम्बन्धी कागजात तयार गर्ने
  • मासिक खर्चको फाँटवारी तथा वार्षिक आर्थिक विवरण तयार गर्ने¸ लेखा परीक्षण गराउने प्रबन्ध मिलाउने
  • आर्थिक कारोबारको आ.ले.प../म.ले.प. गरी बेरुजूको लगत राख्ने तथा बेरुजू फर्छ्यौटको प्रमाण जुटाइ नियमित बेरुजू फर्छ्यौटका लागि आवश्यक व्यवस्था मिलाउने तथा फर्छ्योट भएपछि बेरुजु सम्परीक्षण गराउने व्यवस्था मिलाउने
  • आर्थिक प्रशासनसँग सम्बन्धी राय माग भएमा राय दिने¸ आर्थिक विवरणहरू तयार गर्ने, गराउने व्यवस्था मिलाउने
  • मातहतका कर्मचारीहरूको सुपरिवेक्षक भै कार्य गर्ने
  • शाखासँग सम्बन्धीत अन्य कार्यहरु।

सूचना तथा संचार समन्वय शाखा

  • विद्युतीय शासन सम्वन्धी नीति, कानून, योजना, कार्यक्रम तथा प्रणालीको विकास, प्रवर्द्धन एवं समन्वय सम्वन्धी कार्य गर्ने,
  • वेवसाइट/इमेल व्यवस्थापन, नेटवर्क सर्भर ह्याण्डलिङ्ग,वेभ इडिटिङ्ग तथा होस्टिङ्ग जस्ता संचार प्रविधिसंग सम्वन्धित कार्य गर्ने,
  • E-Governance लागू गर्ने सन्दर्भमा IT Focal Person को कार्य गर्ने,
  • प्रदेश तथा स्थानीय तहमा सूचना प्रविधिको उच्चतम उपयोग गर्ने/गराउने कार्यको लागि परामर्श तथा समन्वय गर्ने कार्य,
  • तथ्याङ्कको सुरक्षा तथा पुनप्राप्तिको रणनीति कार्यान्वयन गर्ने,
  • IT Products को खरिद प्रक्रिया (Specification, Estimate, Tender evaluation, PDI) मा समन्वय गर्ने।
  • वेबसाइटमा आर्थिक Dashboard निर्माण गरी आर्थिक विश्लेषण महाशाखासँगको समन्वयमा सोको प्राविधिक व्यवस्थापन गर्ने,
  • प्रणाली (वाह्य तथा आन्तरिक) अवरुद्ध भएमा हार्डवेयर र सफ्टवेयर इन्जिनियरहरुसँग सहकार्य गर्ने।

शासकीय सुधार तथा समन्वय महाशाखा

  • प्रदेशको नीति तर्जुमा, स्वीकृति, कार्यान्वयन र सो को अनुगमन तथा मूल्यांकन सम्बन्धी कार्य गर्ने,
  • मन्त्रालय तथा निकायहरुको कार्यको सुपरिवेक्षण, अनुगमन, मूल्यांकन, सुपरिवेक्षण एवं समन्वय सम्बन्धी कार्य गर्ने,
  • सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रशासन सुधार सम्बन्धी कार्य गर्ने,
  • संवैधानिक आयोग, प्रदेश लोक सेवा आयोग अन्य प्रादेशिक आयोहरुसँगको सम्पर्क मशाहाखाको रुपमा कार्य गर्ने,
  • प्रदेश सरकार र संघीय सरकारबीचको अन्तरसम्बन्ध सम्बन्धी कार्यहरु गर्ने,
  • प्रदेश र स्थानीय तहको सम्पर्क र समन्वय सम्बन्धी कार्य गर्ने,
  • अन्तर प्रदेश परिषद्, प्रदेश समन्वय परिषद् सम्बन्धी कार्य,
  • प्रदेशको मानव संसाधन विकास सम्बन्धी नीति, कानुन, मापदण्ड र सो को कार्यान्वयन, अनुगमन र मूल्यांकन,
  • प्रदेशको सार्वजनिक सेवाको गुणस्तर सुधार सम्बन्धी कार्य गर्ने,
  • मन्त्रालयको योजना तर्जुमा, स्वीकृति, कार्यान्वयन तथा अनुगमन मूल्यांकन सम्बन्धी कार्य,
  • विकास साझेदारहरुसँगको सम्पर्क एवं समन्वय सम्बन्धी कार्य गर्ने,
  • प्रदेश नीति तथा योजना आयोग सम्बन्धी कार्य,

शासकीय सुधार शाखा

  • संघ, प्रदेश र स्थानीय तहसँगको सम्पर्क र समन्वय सम्बन्धी कार्य,
  • विद्युतीय शासन सम्वन्धी नीति, कानून, योजना, कार्यक्रम तथा प्रणालीको विकास, प्रवर्द्धन एवं समन्वय सम्वन्धी कार्य गर्न,
  • प्रदेश सरकारको विषयगत नीतिहरुको विश्लेषण र कार्यान्वयनमा सहयोग पुर्‌याउने,
  • भ्रष्टाचार निवारण, सुशासन तथा उजुरी एवं गुनासो व्यवस्थापन सम्बन्धी कार्य,
  • सार्वजनिक सेवा प्रवाहको गुणस्तर, मापदण्ड तयार गरी सेवा प्रवाहमा सुधार गर्ने,
  • अन्तर प्रदेश परिषद्, प्रदेश समन्वय परिषद्को सम्पर्क शाखाको रुपमा काम गर्ने,
  • प्रदेशका निकायहरुको व्यवस्थापन परीक्षण सम्बन्धी कार्य,
  • प्रदेशका निकायहरुको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी कार्य,
  • तथ्याङ्कको सुरक्षा तथा पुनप्राप्तिको रणनीति कार्यान्वयन गर्ने,
  • अन्तर प्रदेश परिषद्को बैठक, निर्णयका लागि विषयवस्तुको संकलन, अभिलेख तथा सो को कार्यान्वयन एवं अनुगमन तथा मूल्यांकन सम्बन्धी कार्य गर्ने,
  • प्रदेश समन्वय परिषद्को बैठकमा बागमती प्रदेशका तर्फबाट पेश हुने विषयवस्तुको उठान गर्ने, अभिलेख राख्ने र भएका निर्णयहरुको कार्यान्वयनका लागि आवश्यक समन्वय गर्ने,
  • संघ र स्थानीय तहसँगको समन्वयको Focal Person को रुपमा कार्य गर्ने,
  • प्रदेश स्तरको गुनासो सुनुवाई सम्बन्धी संयन्त्रको संचालन तथा गुनासो व्यवस्थापन गर्ने,
  • प्रदेश स्तरका जनशक्तिको अध्ययन तथा अनुसन्धान सम्बन्धी विषय सम्बन्धी कार्य,
  • प्रदेश अनुसन्धान प्रशिक्षण प्रतिष्ठान, प्रदेश लगानी बोर्ड सम्बन्धी कार्य गर्ने।

नीति योजना तथा अन्तरतह समन्वय शाखा

  • प्रदेश सरकारको नीति तथा कार्यक्रमको तर्जुमा सम्बन्धी कार्य,
  • प्रदेशको आवधिक योजना तर्जुमा र स्वीकृति सम्बन्धी कार्य,
  • नीति, योजना तथा कार्यक्रको आवधिक समिक्षा एवं पृष्ठपोषण सम्बन्धी कार्य,
  • आवधिक योजना, क्षेत्रगत योजनाको तर्जुमा, स्वीकृति, अनुगमन, समिक्षा आदि कार्यमा प्रदेश योजना आयोग सँग सहकार्य एवं समन्वय गर्ने,
  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बार्षिक तथा आवधिक योजना तथा कार्यक्रम तर्जुमा तथा सो को कार्यान्वयन सम्बन्धी कार्य,

  • आयोजना तथा कार्यक्रम तर्जुमा, कार्यन्वयन तथा अनुगमन मूल्यांकन सम्बन्धी निति, कानुन, मापदण्ड र सो को कार्यान्वयन, अनुगमन, मूल्यांकन सम्बन्धी कार्य,
  • प्रदेशस्तरीय विकास समस्या समाधान समितिको सचिवालयको रुपमा कार्य गर्ने,
  • बजेट तर्जुमाको प्रारम्भिक कार्य, सीमा (सिलिङ्ग), सूचना सङ्कलन, बजेट माग प्राप्त गर्ने, छलफलमा भाग लिने, बजेटलाई अन्तिम रुप दिने कार्य,
  • विकास साझेदारहरुबाट संचालित आयोजना तथा कार्यक्रमहरुको छुटै अनुगमन तथा मूल्यांकन कार्ययोजना बनाई अनुगमन मूल्यांकन एवं पृष्ठपोषण गर्ने,
  • प्रदेशस्तरको जनशक्तिको लागि आवश्यक तालिम सम्बन्धी योजना तर्जुमा गर्ने तथा सोको कार्यान्वयन सम्बन्धी कार्य गर्ने,
  • मन्त्रालयको बार्षिक नीति तथा कार्यक्रमको तर्जुमा सम्बन्धी कार्य गर्ने,
  • मन्त्रालयको बार्षिक कार्यक्रम तर्जुमा एवं स्वीकृति सम्बन्धी कार्य गर्ने,
  • बजेट तर्जुमा, मन्त्रालयगत बजेट सूचना प्रणालिको व्यवस्थापन र प्रयोग सम्बन्धी कार्य गर्ने,
  • आवधिक योजनाको कार्यान्वयनको ढाँचा तयारी, स्वीकृति तथा सोको अनुगमन मूल्यांकन तथा पृष्ठपोषण सम्बन्धी कार्य गर्ने,
  • बार्षिक नीति तथा कार्यक्रमको कार्ययोजना तयार गरी स्वीकृतिका लागि पेश गर्ने,
  • बार्षिक नीति तथा कार्यक्रमको मासिक, त्रैमासिक एवं आवधिक समिक्षा तथा प्रगति प्रतिवेदन सम्बन्धी कार्य
  • आयोजना तथा कार्यक्रम तर्जुमा, कार्यन्वयन तथा अनुगमन मूल्यांकन सम्बन्धी निति, कानुन, मापदण्ड सम्बन्धी कार्य गर्ने,
  • प्रदेश प्रमुखको निर्देशन कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने,
  • प्रदेशको राजनैतिक, सामाजिक, शान्ति सुव्यवस्था एवं प्रशासनिक व्यवस्थाको अनुगमन, सुपरिवेक्षण तथा समन्वय एवं प्रतिवेदन गर्ने,
  • तोकिएका अन्य कार्यहरु।
  • आयोजना तथा कार्यक्रमसँग सम्बन्धित विषयमा संघ, प्रदेश र स्थानीय तह बिच समन्वय र सहकार्य सम्बन्धी कार्य
  • विकास साझेदारहरुको सम्पर्क शाखाको रुपमा कार्य गर्ने
  • राष्ट्रिय नीति, योजना तथा कार्यक्रमहरुको कार्यान्वयनका लागि प्रादेशिक तहमा आवश्यक सहजीकरण तथा सोको अनुगमन, मूल्यांकन गर्ने,
  • प्रादेशिक नीति, योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको अवस्थाको आवधिक समिक्षा तथा मूल्यांकन सम्बन्धी कार्य गर्ने,
  • तोकिएका अन्य कार्यहरु।

कानुन तथा संवैधानिक मामिला महाशाखा

  • विधेयक, अध्यादेश, नियम तथा आदेशको तर्जुमा, स्वीकृति वा जारी गर्ने सम्बन्धी आवश्यक कार्य,
  • संघीय सरकारको स्वीकृति बमोजिम द्विपक्षीय एवं बहुपक्षीय स्तरमा भएका सन्धि, सम्झौता वा सहमतिको कार्यान्वयन र सोको अनुगमन मूल्यांकन,
  • स्थानीय तहको कर्मचारी र कार्यालयको व्यवस्था सम्बन्धी कानुन तर्जुमा एवं स्वीकृति सम्बन्धी कार्य,
  • मानव अधिकारको संरक्षण र सम्बर्द्धन सम्बन्धी कार्य,
  • प्रदेशस्तरका आयोग एवं निकायहरुको गठन एवं संचालन र पदाधिकारीहरुको नियुक्ति सम्बन्धी कानुन तर्जुमा, स्वीकृति एवं कार्यान्वयन,
  • अदालतको आदेशको कार्यान्वयन सम्बन्धी कार्य,
  • कानुनी राय तथा परामर्श सम्बन्धी कार्य,
  • संवैधानिक मामिला सम्बन्धी कार्य,
  • भ्रष्टाचार एवं अनियमितताको छानविन तथा प्रतिवेदन सम्बन्धी कार्य,

कानुन तथा मानवअधिकार शाखा

  • विधेयेक, अध्यादेश, नियम तथा आदेशहरुको मस्यौदा तर्जुमा, स्वीकृतिको लागि पेश गर्ने,
  • सन्धि, सम्झौता सहमति गर्ने अवस्थामा कागजातहरु कानुन सम्बत भए नभएको एकिन गर्ने र सो सम्बन्धमा राय सुझाव दिने,
  • सन्धि सम्झौताको कार्यान्वयन, मूल्यांकन तथा आवधिक समिक्षा गरी प्रतिवेदन गर्ने,
  • कार्यालयको कार्यसम्पादनको सिलसिलामा माग भएका कानुनी राय तथा परामर्श दिने,
  • मन्त्रालयलाई विपक्षी बनाइ दायर भएका मुद्दाहरूको लिखित जवाफ तथा प्रतिउत्तर तयार गर्ने,
  • मन्त्रालयको तर्फबाट रिट निवेदन तथा फिराद दाबी गर्ने,
  • मन्त्रालय र अन्तर्गत देखिने कुनै पनि कानूनी अडचन तथा समस्याहरूको समाधान गर्न आवश्यक कानुनी राय सल्लाह प्रदान गर्ने,
  • भ्रष्टाचार एवं अनियमितताको छानविन तथा प्रतिवेदन सम्बन्धी कार्य,
  • प्रत्यायोजित अधिकार र कानुनले तोकेका कार्यहरु गर्ने।
  • विधेयेक, अध्यादेश, नियम तथा आदेशहरुको मस्यौदा तर्जुमा गरी स्वीकृतिका लागि पेश गर्ने,
  • कानुन तर्जुमाका सन्दर्भमा सरोकारवालसँग छलफल तथा राय परामर्शका लागि आवश्यक व्यवस्था मिलाउने,
  • प्रदेश सरकारका विद्यमान ऐन कानूनहरुको अभिलेख अद्यावधिक गरी राख्ने,
  • प्रदेशमा तर्जुमा भएका ऐन, नियम तथा कार्यविधिहरु संघीय सरकारको सम्बन्धित निकायमा पठाउने,
  • स्थानीय तहहरुले जारी गरेका कानुनहरुको अध्ययन एवं सुधारका लागि आवश्यक कार्यहरु गर्ने,
  • स्थानीय तहले स्वीकृत गरेका कानुनहरुको संकलन गर्ने, भण्डारण गर्ने तथा त्यसको उपयोग सम्बन्धी कार्य गर्ने,
  • कार्यालयलाई विपक्षी बनाई विभिन्न अदालतमा दायर भएका मुद्दाहरुको लिखित जवाफ तयार गरी पेश गर्ने,
  • भ्रष्टाचार एवं अनियमितताको छानविन तथा प्रतिवेदन सम्बन्धी कार्य गर्ने
  • कानुन तर्जुमाका सन्दर्भका अन्तरस्थानीय तह समन्वयका कार्यहरु गर्ने,
  • मानव अधिकारको संरक्षण एवं प्रबर्द्भनका लागि कार्यक्रम तर्जुमा गर्ने, सञ्चालन गर्ने, प्रतिवेदन गर्ने,
  • मानव अधिकार सँग सम्बन्धित राष्ट्रिय/प्रादेशिक नीतिहरुको कार्यान्वयन सम्बन्धी कार्यहरु गर्ने,
  • मानव अधिकारको प्रादेशिक स्थितिपत्र तयार गर्ने, स्वीकृती गराउने र प्रकासन गर्ने समबन्धी कार्यहरु,
  • मानव अधिकार आयोग तथा मानव अधिकार सम्बद्ध निकायहरुसँग समन्वय गर्ने,
  • मानव अधिकार आयोगको प्रतिवेदन एवं सिफारीसहरुको कार्यान्वयनका सम्बन्धमा आवश्यक कार्य गर्ने,
  • प्रदेशको एकल अधिकारको कार्यन्वयन र सोको प्रभावकारीता सम्बन्धी अध्ययन, अनुसन्धान र प्रतिवेदन एवं सामयिक सुधारका लागि आवश्यक कार्यहरु गर्ने,
  • साझा अधिकारका सूचीको कार्यान्वयनमा उत्पन्न हुनसक्ने कानुनी प्रश्नहरुको सम्बन्धमा अध्ययन तथा राय, सुझाव पेश गर्ने,

मुख्यमन्त्रीको निजी सचिवालय

  • मुख्यमन्त्रीको निजी प्रशासकीय कर्मचारीको रुपमा अभिलेख ब्यबस्थापन र पत्र व्यवहार गर्ने,
  • मन्त्रीका बिभिन्न सार्बजनिक कार्यक्रमको तयारी, व्यबस्थापन तथा भाषण वक्तब्यको मस्यौदा लेखन गर्ने,
  • मन्त्री र मन्त्री संग सम्बन्धित विशिष्ट पाहुनाहरुको अतिथि व्यबस्थापन सम्बन्धी कार्य गर्ने,
  • भेटघाट तथा कार्यक्रम तालिका तयार गर्ने,
  • सञ्चार व्यवस्थापन गर्ने,
  • फायल, नोट तयार गर्ने तथा प्राप्त पत्रहरुको अभिलेख राख्ने,
  • मन्त्रीज्यूको सचिवालयको हैसियतले पत्राचार सम्बन्धी कार्य गर्ने गराउने,
  • मन्त्रालयको कार्यहरुको नोट तयार गरी जानकारी गराउने,
  • माननीय मन्त्रीज्यूको भ्रमण स्वीकृतिको लागि आवश्यक व्यवस्थापन मिलाउने,

प्रमुख सचिवको सचिवालय

  • प्रमुख सचिवको निजी सचिवालयको आवश्यक व्यवस्थापन गर्ने,
  • सम्बन्धित पदाधिकारीसँग हुने भेटघाट तथा अन्य कार्यक्रमहरूको समय तथा विषयमा सम्बद्ध पदाधिकारी समक्ष पेश गरी प्राप्त निर्देशन बमोजिम काम गर्ने,
  • निजी सचिवालयसँग सम्बन्धीत अभिलेख दुरुस्त राख्ने,
  • प्रमुख सचिवको तर्फबाट जारी हुने प्रेस विज्ञप्ति तयार गरी उपलब्ध गराउने,
  • प्रमुख सचिव उपस्थित हुनु पर्ने बैठक, सभा, गोष्ठी र सम्मेलनहरूको टिपोट बनाई मिति, समय र उपस्थित हुनु पर्ने स्थान सहितको विवरण यथासमयमा जानकारी गराउने,
  • पत्रपत्रिका तथा आवश्यक अध्ययन सामग्रीको व्यवस्था गर्ने।